२६ असार २०८३, शुक्रबार

जनकपुरमा पाकिस्तानविरुद्व प्रर्दशन, सेना प्रमुखको पुत्ला दहन

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, १६ बैशाख । भारतको कश्मिरमा भएको आतंकवादी हमला र पाकिस्तानी सेना प्रमुखले दिएको अभिव्यक्तिविरुद्ध प्रर्दशन गरिएको छ ।

नेपाल भारत खुल्ला सीमा संवाद समूह र शहीद संजय चौधरी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार जनकपुरधाममा विरोध जुलुस निकालिएको हो ।

केही दिनअघि पाकिस्तानी सेना प्रमुखले हिन्दु मुस्लिमबीच द्वन्द्व फैलने अभिव्यक्ति दिएका थिए । त्यसको केही दिनपछि कश्मिर घटना भएको थियो ।

पाकिस्तान र पाकिस्तानी सेना प्रमुखको सो अभिव्यक्तिविरुद्व जनकपुरधाममा प्रदर्शन गरिनुका साथै पाकिस्तानी सेना प्रमुखको पुत्ला समेत जलाइएको छ ।

प्रदर्शनका अगुवा संवाद समूहका अध्यक्ष राजिव झाले पाकिस्तानी सेना प्रमुखले गैर राजनीतिक, धार्मिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको र त्यसपछि भएको घटनामा हिन्दुहरुलाई मात्र मारिएकाले पाकिस्तान र सेना प्रमुखविरुद्व पनि प्रदर्शन गरेको जानकारी दिए ।

उनले आतंकवाद कुनै पनि हालतमा कसैका लागि पनि हितकर नभएकाले आतंकवादविरुद्व सबै एक हुनपर्नेमा जोड दिएका छन् । विरोध प्रदर्शनमा जनकपुरधामका मुस्लिम समुदायका अगुवा र युवाहरुको पनि सहभागिता रहेको थियो । उनीहरुले पनि आतंकवादको विरोध गर्दै आतंकवादीलाई प्रस्रय दिनेको विरोधमा उत्रन आवश्यक रहेको बताउदै आक्रोस व्यक्त गरका थिए ।