२५ असार २०८३, बिहिबार

रवीन्द्र मिश्रप्रति राज्यले गरेको दुर्व्यवहार सच्याइयोस् : सांसद झा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई राज्यले दुर्व्यवहार गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमति नभएपनि राज्यले गरिरहेको दुर्व्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् ।

उनले भने,‘राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रवीन्द्र मिश्रज्यूको विचार र व्यवहारप्रति सहमति नहोला तर उहाँप्रति राज्यले गरिरहेको दुव्र्यवहारप्रति मेरो घोर विमति छ । त्यसैले त्यसमा सच्याईयोस् ।’

त्यस्तै, उनले गत बैशाख १४ गते काठमाडौंमा एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरेको प्रमाणित भएको बताए ।

उनले भने,‘बैशाख १४ गते काठमाडौंमा एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा वाक्य प्रयोग गर्नुभयो कि ‘नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुपर्ने थियो । एक झापु लगाए । ठिक गरेर हिरासतमा पुराए’उहाँप्रति आभारी छ कि स्वीकार्नु भयो राजनीतिक प्रतिशोध नै रहेछ । आग्रह गर्न चाहन्छु । आइन्दा कुनै मन्त्री र महामन्त्री यो विषयमा वादविाद गर्न नआउनुहोला ।’