२० असार २०८३, शनिबार

बागमतीमा आफैले काट्दै गरेको रूखले च्यापिएर एक जनाको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १६ वैशाख । मकवानपुरको बागमती गाउँपालिकामा आफैले काटिरहेको रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका–९ बस्ने वर्ष ४६ को दिलकुमार लिम्बु रहेका छन् ।

सोमबार साँझ बागमती–३ देउजोरस्थित सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको खबर स्थानीयले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।