१३ असार २०८३, शनिबार

सरकारले शिक्षकहरूसँग नाटक होइन सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ बैशाख । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले आन्दोलनरत शिक्षक, चिकित्सक र सहकारी पीडितको माग सम्बोधन गर्न माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै पाण्डेले सरकारले आन्दोलनरत पक्षको माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै तत्काल आन्दोलनरत पक्षको माग सम्बोधन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

सरकारले शिक्षकहरूलाई अल्झाउनको लागि वार्ताको नाममा नाटक गरिरहेको उनको आरोप छ ।

उनले भने, ‘हाम्रो पार्टीले शिक्षकहरूले गरिरहेका आन्दोलनमा तत्काल सरकार वार्ता गरोस् । वार्ताको नाटक होइन सार्थक वार्ता गरोस् र समस्या समाधान गरोस् । शिक्षकहरूलाई मर्यादित बनाएर विद्यालय कर्मचारीका समस्याहरूलाई समेत समाधान गर्दै यो सडक आन्दोलनलाई तत्काल टुंग्याउने काममा ध्यान देओस् ।’