१३ कार्तिक २०८३, शुक्रबार

शिक्षक आन्दोलनलाई राजनीतिक स्वार्थ अनुरूप मुठभेडमा लैजाने षडयन्त्र भयो : शंकर पोखरेल

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखर पोखरेलले शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थ अनुरूप मुठभेडमा लैजाने षडयन्त्र भएको बताएका छन् ।

आज काठमाडौंमा भएको शिक्षकहरूको प्रदर्शनमा भएको उत्श्रृङ्खल गतिविधि प्रति टिप्पणी गर्दै पोखरेलले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वहरूको चलखेलले आज दुःखद अवस्था सिर्जना भए बताएका हुन् । उनले घटनामा घाइते शिक्षक, पत्रकार र प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोसिस गरिरहेको र वार्ता समेत सकारात्मक दिशामा अघि बढेका बेलामा आज भएको मुठभेड नियोजित भएको पोखरेलको ठहर छ । ‘शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थ अनुरूप मुठभेडमा लैजाने षडयन्त्रका विरुद्धमा महासंघको नेतृत्व थप सचेत हुनु पर्दछ’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन् ।

सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुवैको दायित्व भएको उनले प्रष्ट पारेका छन् । ‘वार्ताबाट सहमतिमा पुग्नुको विकल्प छैन, दुबै पक्ष गम्भीर ढङ्गले वार्तामा बसौँ र सहमति गरेर मात्र वार्ताबाट उठौँ’, पोखरेलले लेखेका छन् ।