१७ असार २०८३, बुधबार

सप्तरीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १४ बैशाख । सप्तरीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

कञ्चनरूप नगरपालिका–१० बदगामास्थित सडकमा उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ३४२० नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा बसमा सवार सप्तकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्न बहादुर मगराती तथा हाल नाम, थर, वतन नखुलेका १ जना पुरूष र १ जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।