१ श्रावण २०८३, शुक्रबार

राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि गरेको होइन : प्रधानमन्त्री

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि नभइ इमानको राजनीति गर्ने बताएका छन् ।

आइतबार बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले इमान, सत्य र सामाजिक परिवर्तनको लागि राजनीति गरेको बताएका हुन् ।

‘हामी सचेत छौँ । हामीले इमानको राजनीति गर्ने हो, सत्यको राजनीति गर्ने हो । भ्रष्टाचारको राजनीति हैन, पैसा कमाउनको लागि, पदको दुरुपयोग गर्नको लागि, आफन्तको बन्दोबस्त गर्नको लागि, आफ्ना मान्छे जागिर खुवाउनको लागि हैन । सामाजिक परिवर्तनको लागिप्रयास गरिरहेका छौँ भन्ने कुरा हामीले कहिले पनि हेक्का छोड्नु हुँदैन,’उनले भने ।

मदन भण्डारीलाई सम्झँदै उनले मदन भण्डारी फाउण्डेशनले जनताको बहुदलीय जनबादलाई प्रक्रिदै दृढताका साथ अघि बढ्ने बताए । उनले फाउण्डेशनले मदन भण्डारीको विचारलाई जोगाइराख्ने स्पष्ट पारेका छन् ।