२७ असार २०८३, शनिबार

धनुषामा राजेन्द्र लिङ्देनको पुत्ला जलाइयो

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १३ बैशाख । धनुषामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको पुत्ला दहन गरिएको छ ।

नेपाली काँग्रेसका नेता कार्यकर्ताले लक्ष्मीनियाँमा लिङ्देनको पुत्ला दहन गरेका हुन् । नेपाली कांग्रेसका मधेस प्रदेशका सांसद कुमरकान्त झाको नेतृत्वमा लक्ष्मीनियाँमा जनकपुर-ढल्केबर सडक अवरुद्ध पार्दै लिङ्देनको पुत्ला जलाइएको हो ।

सांसद झाले संसदमा झुठा अभिव्यक्ति दिएर भ्रम फैलाउने लिङ्देनलाई कडा कारबाही गर्न सरकारसंग माग गरे । लिङ्देनले भाटभटेनी लुटपाटमा सत्तारुढ दल कांग्रेसकै सह-महामन्त्रीको छोरा संलग्न रहेको दावी गरेका थिए ।