२२ असार २०८३, सोमबार

एमालेले आफ्नो मान्यताबाट आफूलाई कहिल्यै विचलित गराएन : ईश्वर पोखरेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ बैशाख । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले अनेक अड्चनका वाबजुत पनि आफ्नो मान्यताबाट कहिल्यै विचलित नभएको बताएका छन् ।

आज ललितपुरमा मनमोहन अधिकारीको २६ औं स्मृति सभालाई सम्बोधन गर्दै उनले एमाले सत्तामा होस् वा बाहिर जहाँ भएपछि आफ्नो मान्यतामा अडिग रहेको बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘नेपालको पोलिटिक्समा अनेक ढंगले समस्या छन् भन्ने हिसावले चित्रण गर्ने, नेकपा एमालेलाई कमजोर देखाउने यस हिसाबले एउटा कोशिस भइरहेको छ । तर नेकपा एमाले जहिले पनि प्रतिकूलतासँग जुध्दै, अफ्ठ्याराहरुसँग जुध्दै, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा, स्वाधिनताको पक्षमा, मुलुकलाई समृद्ध बनाउने कुराको पक्षमा, जनताको हक हितको पक्षमा दृढतापूर्वक उभिँदै आयो । हिजो सत्तामा नभएको बेलामा, प्रतिकूल अवस्थामा होस् वा सत्तामा पुगेको बेलामा होस् । उसले यो मान्यताबाट आफूलाई कहिल्यै विचलित गराएन ।’

पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।