
काठमाडौं, १२ बैशाख । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले चैत्र १५ गते तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था गुहारेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दैै संस्थाका संयोजक नवराज सुवेदीले संयुक्त राष्ट्र संघ क्षेत्रीय मुख्यालय, जेनेभा, स्विट्जरल्याण्डका उच्चायुक्त भोल्कर टर्कलाई पत्र लेख्दै अनुसन्धानको माग गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमा उच्चायुक्तलाई लेखिएको पत्र समेत पढेर सुनाइएको थियो ।
मानव अधिकार र जनताको लोकतान्त्रिक अधिकारको विपरीत, कार्यक्रम औपचारिक रूपमा सुरु हुनुभन्दा अगाडि नै सुरक्षा बलहरूले शान्तिपूर्ण कार्यक्रमलाई क्रूरतापूर्वक दमन गरिएको पत्रमा उल्लेख छ ।
निहत्था नागरिकहरू र शान्तिपूर्ण राजनीतिक भेलामा सुरक्षा बलहरूले गरेको असंगत र मनमानीबलको प्रयोग गरेको पत्रमा जनाइएको हो ।
‘नेपालमा विगतमा धेरै राजनीतिक प्रदर्शन, आन्दोलन, दंगा, राजनीतिक असहमति र राजनीतिक परिवर्तनहरू भएका छन्, तर तीनकुनेमा अत्यधिक बल र बन्दुकको प्रयोग अभूतपूर्व छ । आजसम्म कुनै पनि सरकारले विश्वव्यापी रूपमा स्थापित मानव अधिकारको घोर उल्लङ्घन र लोकतान्त्रिक अधिकारलाई कमजोर पार्ने हदसम्म पुगेको छैन,’पत्रमा उल्लेख छ ।








प्रतिक्रिया