११ असार २०८३, बिहिबार

लोकप्रियवादले समाजलाई दुर्घटना तर्फ लैजान्छ : शंकर पोखरेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न नसक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय समितिको दोस्रो बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिएको बताएका हुन् । यसले राज्य र नागरिककाबीचमा द्वन्द्व सिर्जना गरेको उनको धारणा छ । ‘लोकतन्त्रलाई राज्यलाई बलियो बनाउने र बलियो राज्यका मध्यमबाट नागरिकलाई बलियो बनाउने कुराको पैरवी गर्नु पर्दछ’, उनले भने ।

आमसञ्चार माध्यमले हरेक घटनालाई राज्य र नागरिककाबीच गहिरो सम्बन्ध कायम गर्ने कोणबाट विश्लेषण गर्नु पर्ने उनको धारणा छ ।

समाचारले समाजलाई सकारात्मक प्रभाव पार्नु पर्ने भन्दै नकारात्मक समाचारले समाजलाई गलत दिशा तर्फ लैजाने उनले बताए । ‘नकारात्मक समाचारलाई समाजलाई गलत दिशा तर्फ लैजान्छ, कस्तो समाज निर्माण गर्ने भन्ने सन्दर्भमा सोचेर हामीले समाचार सम्प्रेषण गर्नुपर्दछ’, उनले भने । सूचनामा बल हुने बताउँदै उनले यसको लागि बलियो नेटवर्क हुनु पर्ने भएकाले प्रेस चौतारी नेपाललाई बलियो नेटवर्क बनाउन आग्रह गरे । नेपाल राष्ट्रलाई कमजोर बनाउन बाहिरबाट लगानी गर्नेहरूबाट नेपालमा स्वघोषित विद्वानहरू परिचालित भएका उनले स्पष्ट पारे । नेपालमा धेरै बाह्य लगानीबाट हुने रिसर्चहरू प्रायोजित र देशलाई कमजोर बनाउने खालका हुने उनको धारणा छ । ‘के देखाउने भन्ने कुराको आधारमा रिसर्च हुने गर्दछ, त्यसले हाम्रो समाजलाई विसङ्गति तर्फ लैजान्छ’, उनले भने ।

नेपालका सबै सूचनामा पत्रकाररतको पहुँच भयो भने कुन चिज प्रायोजित हो र कुन वास्तविक हो भन्ने कुरा सार्वजनिक हुने उनले बताए । उनले पत्रकारलाई आफ्नै सूचनाको जगमा उभिन आग्रह गर्नुभयो ।

अहिले एमाले र एमालेको नेतृत्व माथि चौतर्फी घेराबन्दी भएको भन्दै घेराबन्दी एमालेले नराम्रो काम गरेको कारण वा कामको नराम्रो परिणाम आएको कारण नभएको प्रष्ट पारे । एमालले विकास र समृद्धि तथा राष्ट्र हितको पक्षमा काम गरेको कारण विकास विरोधीले घेराबन्दी गरेको उनको धारणा छ । ‘यो मुलुकमा विकासको सपना देख्ने, रणनीतिक ठुला विकास परियोजनाको काम गर्ने पार्टी नेकपा एमाले हो’, उनले भने ।

लोकप्रियवादले समाजलाई दुर्घटना तर्फ लैजाने उनले स्पष्ट पारेका छन् । प्रेस चौतारी नेपाल केन्द्रीय समितिको खुमलटारमा जारी बैठकले २०८२ साललाई संगठनको प्रशिक्षण वर्ष घोषणा गरेको छ । संगठनका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता जारी बैठकमा एमाले जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ नेता विश्वमणि सुवेदी लगायत सहभागी छ ।