
काठमाडौं, १० बैशाख । नेकपा (माओवादी केन्द्र) ले सरकार पूर्णरूपमा असफल भएको दावी गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्तसमेत रहेका उपाध्क्ष अग्निप्रसाद सापकोटले सरकार असफल भएकाले एक दिनपनि सत्तामा बस्ने अधिकार नरहेको बताएका हुन् ।
उनले भने, ‘यो सरकार असफल भइसक्यो, एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । यो गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन।’








प्रतिक्रिया