२० असार २०८३, शनिबार

शनिबार र सार्वजनिक बिदाको दिन बाहेक सबै दिन प्रतिनिधिसभाको बैठक चल्ने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० बैशाख । शनिबार र सार्वजनिक बिदाका दिन बाहेक अरू सबै दिन प्रतिनिधिसभाको बैठक चल्ने भएको छ ।

सभामुख देवराज घिमिरेले आज बसेको मुख्य दलका प्रमुख सचेतकहरूको बैठकमा पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् ।

प्रमुख सचेतकहरूले सभामुखको प्रस्ताव स्वीकृत गरेका हुन् ।