४ श्रावण २०८३, सोमबार

आमाले विष पिलाएर तीन छोराछोरीको लिइन् ज्यान

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ९ बैशाख । धनुषामा एकजना आमाले आफ्ना तीन छोराछोरीलाई विष पिलाएर आफूले पनि पिएकी छिन् ।

शहीदनगर नगरपालिका-५ यदुकोहाका सुशील साहकी श्रीमती ३० वर्षीया पविता साहले छोराछोरीलाई विष पिलाएर आफूले पनि पिएकी हुन् ।

विष सेवनबाट ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको छ । पविताको भने उपचार प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

घरायसी विवादका कारण पविताले घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।