१५ असार २०८३, सोमबार

शिक्षामन्त्रीको राजीनामाबारे प्रधानमन्त्रीले भने- मैले बनाएको मन्त्री, सहयोग गरिरहेको छु

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाको विषयमा आफूलाई जोडेर दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

आज नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूविरूद्व सल्लाह गरेरै दुष्प्रचार गरिएको बताएका हुन् । भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएकी उनले स्पष्ट पारे ।

उनले भने ‘अस्ति भर्खरै पनि अप्रेसन गर्नुभयो । धेरै ठूलो मन्त्रालय छ, शिक्षा मन्त्रालय । सजिलो पनि छैन । त्यसो उहाँले भएर स्वास्थ्य कारण देखाउनुभएको छ । स्वास्थ्यको कारणले उहाँले काम गर्न सक्नुभएन भने आजको अखबारमा सबैको हेडलाइन मेरो विपरित छ । सबैले टेलिफोन संवाद गरेर सल्लाह नै गरेर लेखेका छन् ।’

भट्टराईलाई आफूले मन्त्री बनाएको स्मरण गर्दै प्रधानमन्त्रीले आफूले सहयोग गर्नुका साथै सिकाइरहेको पनि स्पष्ट पारेका छन् ।

‘एक जना मन्त्रीले राजीनामा दिएको कुरामा धेरै हल्ला भएको छ । प्रधानमन्त्रीले बसिखानै दिएन भन्ने हल्ला छ रे,’ उनले भने, ‘मैले बनाएको मन्त्री, मैले सहयोग गरिरहेको छु । सिकाइरहेको छु ।’