१५ असार २०८३, सोमबार

शिक्षक आन्दोलन थप चर्कियो, सिंहदरबार र वालुवाटारको कुर्सीमा काँडा उम्रिएको दाबी

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ बैशाख । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले संघर्षका कार्यक्रमहरु थप चर्काउने चेतावनी दिएका छन् ।

२१ दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका शिक्षकहरु शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि थप उत्साहित देखिन्छन् । विगतको तुलनामा मंगलबार सडकमा शिक्षकहरुको संख्या बढी देखिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीले विद्यालय शिक्षा ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म यो आन्दोलन जारी रहने बताए ।

उनले भने, ‘यो आन्दोलनको उद्देश्य भनेको विगतमा भएको सहमतिलाई सम्बोधन गर्ने, विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन गराउनु हो । ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उनले सरकारको बोलीमा विश्वास नलाग्ने भन्दै ऐन जारी गराएर मात्र विद्यालय फिर्ता हुने उनले बताए ।

उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र शिक्षक आन्दोलनको कुनै साइनो नभएको स्पष्ट पारे । उनले भने,‘माननीय शिक्षामन्त्री ज्यूको राजीनामा र हाम्रो आन्दोलनको कुनै साइनो छैन । सार्वजनिकक रुपमा उहाँले आफ्नो स्वास्थ्यको कारण भन्नुभएको छ आन्तरिक कारण के हो जान्ने कुरा पनि भएन । हामीलाई चासो पनि भएन् । म प्रस्ट पार्न चाहन्छु उहाँको राजीनामासँग हाम्रो आन्दोलनको कुनै साइनो छैन ।’

विद्यालय भर्ना अभियानका साथै सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारी आन्दोलनमा होमिँदा शिक्षामा क्षतिको अवस्था नआउने भन्दै परीक्षा तयारीमा लागेका विद्यार्थीको परीक्षा रोकिँदा आफूपनि संवेदनशील रहेको बताए । ‘कक्षा १२ को परीक्षामा हप्ता १० दिन विलम्व हुँदैमा त्यस्तो ठुलो क्षति हुँदैन् । परीक्षा तयारी गरेका विद्यार्थीलाई परीक्षा रोकिँदा मनमा चोट पर्छ । त्यो प्रति हामी संवेदनशील छौँ,’उनले भने ।

उनले राज्यले यो अवस्थामा ल्याउन बाध्य पारेका भन्दै शैक्षिक क्षतिलाई पूरा गर्न विदाको समयमा पढाउने पनि बताए । ‘वास्तवमा कोही बढी दुखित छ भने शिक्षक–कर्मचारी नै छ । तर राज्यले हामीलाई यो अवस्थामा ल्याउन बाध्य पार्यो । आन्दोलन ज्यादा लम्विदँैन । राज्यले घुँडा टेक्न अनिवार्य छ । त्यो स्थिति सिर्जना भएपछि हामी फर्किन्छौ ।’

अध्यक्ष सुवेदीले शिक्षक आन्दोलनकाविरुद्धमा अभिव्यक्ति आउनु दुःखद् भएको बताए । ‘विरुद्धमा अभिव्यक्ति आउनु भनेको आन्दोलनले पीडा दिएको हो भन्ने बुझिन्छ । अहिले बालुवाटारको ओछ्यान र कुर्सीमा काँडा उम्रिसक्यो । घोच्न थालेको छ । सिंहदरबारको कुर्सीमा पनि काँडा उम्रिसेकेको छ । त्यसले घोच्न थालेपछि पीडाहुन्छ र सहमति गर्न बाध्य बनाउँछ,’उनको भनाइ थियो ।

२१ दिनदेखि शिक्षकहरुले जारी राखेको आन्दोलनका कारण शिक्षामन्त्रीले राजीनामा दिएकी छिन् भने शिक्षक महासंघ र सरकारबीच पटकपटक छलफल भएपनि आन्दोलन रोकिन सकेको छैन ।