
काठमाडौं, ९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउन आदेश भएको छ ।
आज सर्वोच्च अदालतमा न्यायाधीस अजीज मुसलमानको इजलासले रिटलाई सुनुवाईका लागि संयुक्त इजलासमा पठाउन आदेश दिएको हो ।
अब संयुक्त इजलासमा सुनुवाइको पेशी तोकिने छ ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेले केही दिनअघि आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।








प्रतिक्रिया