१६ असार २०८३, मंगलबार

शिक्षामन्त्रीको राजीनामा अनपेक्षित, स्वीकृत नगरियोस् : सूर्य थापा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य एवम् सांसद सूर्य थापाले शिक्षामन्त्री विद्या भट्टराईले दिएको राजीनामा अनपेक्षित र असान्दर्भिक भएको बताएका छन् ।

मन्त्री भट्टराईले राजीनामा दिएपछि थापाले आस्चार्य प्रकट गरेका हुन् । उनले राजीनामा स्वीकृत नगर्न पनि सुझाव दिएका छन् ।

यस्तो छ थापाको भनाइ-

शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक हो। उहाँले राजीनामा दिनु जरूरी नै थिएन। मेरो सुझाव छ- उहाँको राजीनामा स्वीकृत नगरियोस्, ताकि संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि ११० दफासम्म पुगेको छलफल यही रफ्तारमा अघि बढ्नरबढाउन संभव हुनेछ !

उहाँले नराम्रो केही गर्नुभएको थिएन। शिष्ट, विनम्र, शालीन, अनुभवी र गंभीर व्यक्तित्वका साथ उहाँले बिना धाकरवाफ बिमारी अवस्था र शल्यक्रियाका बाबजुद यस कामलाई निष्कर्षमा पु(याउन बडो निष्ठाका साथ कोसिश गरिरहनुभएको थियोे। बरू शिक्षक महासंघको आन्दोलनरत नेतृत्वले आवश्यक र अनिवार्य समन्वयरसहयोग नगरी उहाँको राजीनामाको माग गरेको तथ्य स्थापित खोज पत्रकार मकर श्रेष्ठले यसरी स्टाटसमा लेख्नुभएको छ।

मेरो बुझाइ र विश्लेषणमा विद्यालय शिक्षा विधेयक पारित हुन अब केही महिना ढिलो हुने स्थिति सिर्जना भयो। प्रधानमन्त्रीज्यूले बैशाख २३ गते प्रतिनिधिसभामा टेबुल हुने दिन नै तोकेर शिक्षक नेतारूलाई स्पष्ट भन्नुभएको थियोे।उहाँहरूले सडक प्रदर्शनी जारी राख्नुभएको देखियो। र, घटनाक्रम शिक्षामन्त्रीको राजीनामासम्म पुगेको छ। बैशाख २३ वा बजेटअघिको निकट मितिमा सम्बन्धित संसदीय समितिलाई विधेयकमाथिको सम्पूर्ण काम पूरा गर्न अब संभव नहुने स्थिति सिर्जना भयो कि ?

जुनसुकै विधेयकमाथिको छलफल अघि बढ्न सम्बन्धित मन्त्रालयका मन्त्री र अधिकारीहरूको उपस्थिति अनिवार्य हुन्छ। यसको अत्यावश्यक प्रबन्ध मिलाउन र नयाँ मन्त्रीले विधेयकको समग्र विषयवस्तु बुझेर जिम्मेवारीपूर्वक समितिमा हुने दफावार छलफलमा सहभागी हुन त केही समय लाग्ने नै देखियो।