
काठमाडौं, ८ बैशाख । डा. गुणाकर भट्ट गभर्नरका लागि अयोग्य दावी गर्दै सर्वोच्च अदालतमा दायर रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परे पनि सुनुवाइ हुन नसकेको हो।
अधिवक्ताहरु विशाल थापालगायतले सर्वोच्चमा भट्टको योग्यता नपुग्ने भन्दै रिट दायर गरेका हुन्। आइतबार पनि यो रिट हेर्न भ्याइएको थिएन।












प्रतिक्रिया