
इटहरी, ८ बैशाख । सुनसरीस्थित सप्तकोशीमा डुबेर दुईजना बेपत्ता भएका छन् ।
बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र मन्दिरस्थित सप्तकोशीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षीय नवराज बाँस्तोला र सुनसरीको इटहरी नगरपालिका–१६ बस्ने १६ वर्षीय जेनिश आचार्य छन्।
उनीहरूको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ ।












प्रतिक्रिया