३ श्रावण २०८३, आइतबार

५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । ५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा रहेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाई आज पनि नसकिएपछि हेर्दाहेर्दैमा रहेको हो । चार वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुईपटक गरी ५२ जनालाई संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो।  उक्त नियुक्तिविरूद्व रिट दायर भएको थियो ।

यसअघि सर्वोच्चको संवैधानिक इजलासमा फागुन २१ गते रिट निवेदकका तर्फबाट ७ कानुन व्यवसायीले दोस्रो दिनको बहस गरेका थिए। उक्त दिन पनि बहस नसकिएपछि रिट ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि पेसी तोकिएको थियो।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्।