२० असार २०८३, शनिबार

कांग्रेस र एमालेबीचका कुरा बाहिर भन्दा संयन्त्रकै बैठकमा राख्न भट्टराईको सुझाव

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ बैशाख । नेकपा (एमाले)कास्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले प्रमुख  दुई सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीचका कुरा संयन्त्रकै बैठकमा राख्नु पर्ने बताएका छन् ।

सरकार सञ्चालनमा सहयोग गर्न बनेको संयन्त्रका सदस्यहरूले आफ्ना विषय बाहिर राख्ने भन्दा पनि त्यहीँ भित्र राख्नु पने उनले बताएका हुन् । आन्दोलनरत शिक्षकका मागका विषयमा पनि बाहिर कुरा गर्ने भन्दा पनि संयन्त्रमा नै छलफल गर्न उनले सुझाव दिए ।

भोली संयन्त्रको बैठक बस्ने जानकारी दिँदै उनले सबै विषयको छलफल त्यहीँ भित्र गर्न सुझाएका छन् ।

‘भोली बैशाख ३ गते ५ बजे बस्ने संयन्त्रको बैठकले आन्दोलनरत शिक्षकका मागका बारेमा छलफल गरोस्, सरकार सञ्चालनमा सहयोग गर्न बनेको संयन्त्रका सदस्यहरूले आफ्ना विषय त्यहीँ छलफल गर्नु राम्रो हुन्छ’, सुझाव छ ।