११ असार २०८३, बिहिबार

नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तनको भ्रामक हल्ला सकियो : शंकर पोखरेल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ वर्ष आरम्भ भएसँगै सरकार परिवर्तन हुन्छ भन्ने भ्रामक हल्ला पनि आजबाट सकिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत महासचिव पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच आज भएको भेट र छलफल पछि सरकार बदलिन्छ भनि गरिएको भ्रामक प्रचार चिरिएको धारणा राखेका हुन् ।

अबको ध्यान नीति, कार्यक्रम र बजेट तयारीको सन्दर्भमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

‘नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजबाट अन्त्य भएको छ, अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौँ’, उनले लेखेका छन् ।

उनले बहस शृङ्खला दुई अन्तर्गत स्वास्थ्य क्षेत्रका मुद्दा पनि समावेश गरेका छन् । यस अघि बहसको पहिलो शृङ्खलामा शिक्षा क्षेत्रका केही विषय उठान गरेका थिए ।

यस्ता छन् उनले उठाएका स्वास्थ्यको बहसका क्षेत्रहरू-

१. स्वास्थ्य पूर्वाधार अभाव तथा जनशक्तिको अभाव र असमान वितरण

२. स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या

३. निरोगी नेपालको अवधारणा कार्यान्वयनमा चुनौती

स्वास्थ्य क्षेत्रको सुधारका मुख्य विषय
१. योजना अनुरूप पूर्वाधार विकास र सुदृढीकरण

२. स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकास र सन्तुलित वितरण (ग्रामीण क्षेत्रमा काम गर्ने जनशक्तिलाई विशेष प्रोत्साहन)

३. स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन (यसमा सबै अनुदानलाई बिमा कार्यक्रमसँग जोडेर बिमाको दायराको विस्तार । गरिब र ज्येष्ठ नागरिकलाई निःशुल्क बिमाको सुनिश्चितता)

४. सूचना प्रविधिको प्रयोगद्वारा ग्रामीण क्षेत्रमा टेलिमेडिसिनको विस्तार

५. निरोगी नेपाल निर्माणका लागि स्वास्थ्य शिक्षा र स्वच्छ आहार विहारको प्रवर्धन