२४ असार २०८३, बुधबार

दुर्गा प्रसाईँ पक्राउ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चेत । तीनकुने घटनापछि फरार रहेको दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई भारतको आसाममा पक्राउ गरिएको हो ।

उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ।

प्रसाईँकै फेसबुकबाट गरिएको पोष्टमा भने प्रसाईँले आफैँ आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेका उल्लेख गरिएको छ ।

यसअघि हिजो प्रसाईँले सामाजिक सञ्जालबाट भिडिओ सन्देश जारी गर्दै आफ्नो सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र आत्मसमर्पण गर्ने बताएका थिए ।