१४ कार्तिक २०८३, शनिबार

काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गर्न माग

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गर्दै छानबिन गर्न माग गरिएको छ ।

स्थानीय तहमा क्रियाशील पेसागत सङ्गठनहरूले पाण्डेलाई निलम्बन गरी छानबिन गर्न माग गरेका हुन् । गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई महानगर प्रवेश गराउने क्रममा महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको अगुवाइमा कार्यालयको मर्यादा विपरीतका अनुशासनहीन गैरकानुनी, अमर्यादित एवं अनपेक्षित घटना भएको भन्दै छानबिन गरी कारवाही गर्न माग गरिएको हो ।

स्थानीय तह कर्मचारी युनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघले आज संयुक्तरुपमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई ज्ञापन पत्र बुझाएको हो ।