१४ कार्तिक २०८३, शनिबार

नेपाल बार एसोसियनको नयाँ नेतृत्वमा मिश्रको प्यानल नै विजयी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा विजयप्रसाद मिश्र विजयी भएका छन्।

आज सम्पन्न मतगणनाबाट मिश्र नेतृत्वको प्यानलै विजयी भएको हो । डा. मिश्रले निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठलाई २ हजार ४३१ मतान्तरले पराजित गरे ।

मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत पाएका छन्। निर्वाचनबाट महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन्।

मिश्र प्यानलकै उम्मेदवार कोइरालाले ४ हजार ८७४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए।