१४ कार्तिक २०८३, शनिबार

काभ्रेमा बस दुर्घटना, ११ जना घाइते (नामावलीसहित)

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । काभ्रेको रोशीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

आज बिहान काठमार्डौंबाट रामेछाप जाँदै गरेको प्रदेश ३-०१-००६ ख १३३९ नम्बरको बस बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका-९ दाउनेमा दुर्घटनामा परेको हो ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । ब्रेक नलाग्दा अनियन्त्रित भएको बसले खाँदबारीबाट काठमाडौँतर्फ आउँदै गरेको मे १ ख ३३९४ नम्बरको हाइस गाडीलाई ठक्कर दिएर सडकबाट अन्दाजी २० मिटर तल खसेको

घाइतेहरू-
१. जिल्ला सोलु लिखुपिके गा.पा. ३ बस्ने वर्ष ७३ की सुन्तली बिक, टाउकोमा चोट (अवस्था गम्भीर)

२. ऐ.ऐ. बस्ने वर्ष ७० को छत्र ब. बिक, टाउकोमा चोट (अवस्था मध्यम)

३. जिल्ला रामेछाप मन्थली न.पा. ९ बस्ने वर्ष अ. ३४ को रामसरण बिक, टाउको र दाहिने पातोमा चोट (अवस्था मध्यम)

४. जि. काभ्रे बनेपा न.पा. १३ बस्ने वर्ष ३३ कि सिता श्रेष्ठ, टाउको ठोकिएको (अवस्था मधयम)

५.  जि. रामेछाप गोकुलगंगा गा.पा. १ बस्ने वर्ष अ. २७ को पुजन श्रेष्ठ, बायाँ करङ ठोकिएको (अबस्था मध्यम)

६.  जिल्ला काठमाण्डौ नागार्जुन न.पा. ९ बस्ने वर्ष अ. ३५ को कुमुद देबकोटा, टाउको र ढाडमा चोट (अबस्था मध्यम)

७.  जिल्ला भक्तपुर चागुनारायण न.पा. ४ बस्ने वर्ष ६२ को जनक बुढाथोकी, नाकमा चोट (अबस्था सामान्य डिस्चार्ज भएको)

८.  जिल्ला रामेछाप गोकुलगंगा गा.पा. ५ बस्ने वर्ष ३५ को पदम सुनुवार, टाउकोमा चोट (अबस्था मध्यम)

९.  जिल्ला रामेछाप बाम्तिभण्डार बस्ने वर्ष ५० को ङावा शेर्पा, करङ ठोकिएको (अबस्था मध्यम)

१०.  ऐ.ऐ. बस्ने निजको छोरा वर्ष १० को ङिमा शेर्पा, नाकमा चोट (अबस्था सामान्य )

११. जिल्ला रामेछाप गोकुलगंगा गा.पा. ३ बस्ने वर्ष २० कि सुजता सुनुवार, (सामान्य डिस्चार्ज भएको)