११ असार २०८३, बिहिबार

किन पत्रकार सम्मेलन गर्दै छन् कुलमान घिसिङ ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आफूलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि घिसिङले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

अदालतले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नै निरन्तरताको आदेश दिएको भोलिपल्ट आज घिसिङले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा हुनेछ । सहभागिताका लागि उनले सञ्चारकर्मीलाई अनुरोध गरेका छन् ।