१२ असार २०८३, शुक्रबार

सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । हिजो बिहीबार उच्च मूल्य रेकर्ड बनाएको सुन आज शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार शुक्रबारका लागि सुन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।