१ श्रावण २०८३, शुक्रबार

बोहराको निधनमा राप्रपाले तीन दिन शोक मनाउने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने भएको छ ।

मंगलबार पार्टीको केन्द्रीय पदाधिकारीको आकस्मिक बसेको बैठकले वरिष्ठ नेता एवं प्रतिनिधि सभा सदस्य बोहराको निधनप्रति गहिरो दुःख व्यक्तसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

वरिष्ठ नेता बोहराको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने र स्व. बोहराको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने राप्रपाले जनाएको छ ।