
काठमाडौं, १८ चैत । समाजवादी मोर्चाले शुक्रबार राजावादीहरुले योजनाबद्ध रुपमा हिंसात्मक घटना घटाएको जनाएको छ ।
सोमबार पेरिसडाडाँमा बसेको समाजवादी मोर्चाको बैठकले शुक्रबार राजावादीहरुले योजनावद्ध रुपमा हिंसात्मक घटना घटाएको भन्दै यसमा विदेशीहरुको पनि संलग्नता देखिएको भन्ने निष्कर्ष रहेको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । साथै, घटनाको नियन्त्रणको लागि सरकार पनि चुकेको मोर्चाके ठम्याई रहेको पनि उनले जानकारी दिए ।
उनले भने,‘घटना जसरी घटेको छ त्यो योजनाबद्ध रुपमा गरिएको छ । व्यवस्था पल्टाउने कोसिस गरिरहन्छन् । मुर्खता गरिहन्छन् । विदेशीहरुले कतै न कतै व्याकिङ गरेको हो कि भन्ने देखिन्छ । त्यसलै यो घटनालाई लिएर मोर्चाको तर्फबाट सशक्त भण्डाफोर गर्नुपर्छ । घटना नियन्त्रण गर्न सरकारको तर्फबाट अलि अपुग भयो कि भन्ने छ । योजनाबद्ध रुपमा घटना घटाइयो त्यसमा संलग्नलाई कारवाहीको माग सरकारसँग गर्दैछौँ ।’ साथै, प्रतिगामी शक्तिहरुले देशमा अशान्ति र आतंक मच्चाउने प्रवृत्ति देखिएकाले मोर्चाको तर्फबाट सशक्त भण्डाफोर गर्ने निर्णय पनि उनले जनाए ।

‘शुक्रबार प्रतिगामी शक्तिहरु दरबारीया तत्वहरुको जुन गतिविधि देखियो असाध्यै गैरजिम्मेवार छ । देशमा अशान्ति र आतंक मच्चाउन मनशास देखिन्छ । हिंसात्मक छ । बढो जंगली चरित्रको छ । त्यसलाई रक्षात्मक बनाउनको लागि अथवा त्यसलाई कमजोर बनाउनको लागि १५ गतेको विरोध सभाले धेरै भूमिका निर्वाह गरेको छ । क्षतिपूर्ति पनि सरकारले असुल गर्नुपर्छ ।’ उनले भने ।
मार्चाले १५ गते गरेको आमसभाको समीक्षा पनि गरेको छ । सभा ऐतिहासिक, अत्यन्तै शालिन, शानदार, भव्य र अनुशासित रुपमा सफल भएको मोर्चाको दाबी छ । गणतन्त्रको रक्षाको मोर्चा सशक्त भएको प्रमाणित सभाले गरेको पनि प्रवक्ता प्रकाण्डले जानकारी दिए । यसका साथै मोर्चाले गणतन्त्र रक्षाका लागि युवाहरुलाई अगाडि सारेर अन्तरक्रिया गर्ने पनि निर्णय गरेको छ ।








प्रतिक्रिया