
काठमाडौं, १८ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ ।
क्याम्पसमा स्ववियु निर्वाचन बिहान ८ बजे सुरु भएको र मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ । यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी संगठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश आएपछि स्थगन भएको थियो ।
क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ ।









प्रतिक्रिया