७ श्रावण २०८३, बिहिबार

भोलि सार्वजनिक बिदा

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । सरकारले भोलि सोमबार सार्वजनिक बिदा दिने भएको छ ।

आइतबार गृह मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

सूचनामा लेखिएको छ, ‘२०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’