
काठमाडौं, १७ चैत । गत शुक्रवार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका आरोपमा पक्राउ परेकामाथि मुद्धा चलाइने भएको छ ।
शुक्रबार राति पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई अदालतमा उपस्थित गराएर मुद्धा चलाइन लागिएको हो ।
राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई अहिले केहीबेरमा म्याद थपका लागि अदालत लगिँदैछ ।
मिश्र, राणा र स्वागत नेपाल गत शुक्रबार राति पक्राउ परेका थिए भने कथित धार्मिक गुरु पुष्कर खतिवडा शनिबार पक्राउ परेका हुन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर काठमाडौं परिसरको जिम्मा लगाएको थियो ।








प्रतिक्रिया