२३ असार २०८३, मंगलबार

पूर्वराजावादी आन्दोलनका नाममा मिडियामाथि सुनियोजित आक्रमण भयो : अध्यक्ष पाण्डे

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले पूर्वराजावादी आन्दोलनका नाममा मिडियामाथि सुनियोजित आक्रमण भएको बताएका छन् ।

प्रेस सेन्टर नेपालको पाँचौँ केन्द्रीय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले राजावादीलाई आन्दोलन गर्न उक्साउने सञ्चारसंस्थामा कार्यरत पत्रकारलाई समेत आन्दोलनकारीहरूले आगो लगाएर जलाएको पाण्डेले बताए ।

शुक्रबार राजावादीहरूले आन्दोलनको क्रममा तीनकुनेको एउटा घरमा आगो लगाएर एभीन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकलाई थुनेर हिँडेका थिए । त्यस घटनमा परी पत्रकार रजकको ज्यान गएको थियो ।

अध्यक्ष पाण्डेले सुरेश रजकको मृत्यु नभएर सुनियोजित हत्या भएको बताए । ‘लुटपाट गरेपछि आतंककारी जत्थाले उहाँलाई थुनेर हत्या गरेको छ, यो हत्या र घटनाको म निन्दा र भर्त्सना गर्दछु’, उनले भने ।

प्रेस चौतारी नेपालको टोलीले आक्रमणकारीले क्षति पुर्‍याएका सञ्चारमाध्यम र आक्रमणबाट जोखिन सफल भएका पत्रकारहरूसँग भेटेर कुरा गरेको अध्यक्ष पाण्डेले जानकारी दिए । रिपोर्टिङका लागि गाडीमा जाँदै गरेको पत्रकारलाई समेत आक्रमणकारीले हत्या प्रयास गरेको अध्यक्ष पाण्डेले बताए ।

अध्यक्ष पाण्डेले देशमा आतंक सिर्जना गर्न चाहने प्रतिक्रियावादीलाई खबरदारी पनि गरे । नेपालको प्रगतिलाई रोक्न चाहने शक्तिका विरुद्ध नेपाली पत्रकार एकजुट भएर लाग्नु पर्नेमा अध्यक्ष पाण्डेले जोड दिए ।