८ असार २०८३, सोमबार

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १७ चैत । आँबुखैरेनी गाउँपालिकाकामा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ ।

आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो । ती सडक ९१ लाख ३८ हजार २१२ रुपैयाँ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए । भकुण्डी–बरालुङबेँसी सडकका निम्ति स्थानीयले एक लाख ६३ हजार ८२४ रुपैयाँ योगदान गरेका छन् । आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।

लाब्दी–घुमाउने सडकमा स्थानीयले सात लाख ७५ हजार ६५७ रुपैयाँ योगदान गरेका उनले जानकारी दिए ।

यसैगरी, आँबु मार्गको स्तरोन्नति पाँच लाख ३४ हजार ३८८ रुपैयाँको लागतमा जारी छ । यो बाटोमा स्थानीयले ५४ हजार ३८८ रुपैयाँ योगदान गरेका छन् ।