
काठमाडौं, १६ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद भएको टिप्पणी गरेका छन् ।
महानगरले पूर्वराजाका नाममा काटेका पत्रहरू सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै महानगर प्रमुख बालेन्द्र साहको निर्णय हास्यास्पद भएको बताएका हुन् ।
‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो ‘स्टन्ट’ भयो । मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु,’ उनले लेखेका छन् ।
संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले स्थानीय प्रशासनसँग अनुमति लिएर तीनकुनेमा कार्यक्रम आयोजना गरेको उनको भनाइ छ ।
अध्यक्ष थापाले महानगरपालिकाले पत्रमा प्रयोग गरेको भाषाप्रति पनि आपत्ति जनाएका छन् ।









प्रतिक्रिया