
काठमाडौं, १६ चैत । विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवा पोखरी नजिकै पुरानो घर भित्र सोही महानगरपालिका–४ बस्ने ६८ वर्षीया अनुसुया अग्रवाल शनिबार मृत अवस्थामा फेला परेकी छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ भ्रमपुरा चोक नजिकै पानी जमेको ठाउँमा सोही उपमहानगरपालिका–२४ बस्ने श्रवण भन्ने कलिम धोबी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु नाक्केडाँडा जंगलस्थित खानेपानी ट्याङ्की नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया