२९ असार २०८३, सोमबार

एभिन्यूजको कार्यालयमा गृहमन्त्री

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । गृहमन्त्री रमेश लेखकले एभिन्यूजको कार्यालय अवलोकन गरेका छन् । शनिबार चैत १५ गते शुक्रबार आगजनी र तोडफोड भएका स्थलहरुको अवलोकन गर्ने क्रममा उनी एभिन्यूजको कार्यालय पनि पुगेका हुन् ।

१५ गते प्रदर्शनकारीद्वारा गरिएको आगजनीको समाचार संकलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । घटनापश्चात पत्रकारिता क्षेत्रका सबै संघसंस्थाहरुको ध्यान यसमा केन्द्रीत भएको छ ।

गृहमन्त्रीले पनि यस घटनाप्रति दुःख व्यक्त गर्दै यस घटनामा संलग्न सबैलाई कानूनको दायरामा ल्याउने बताएका छन् ।

यस्तै, एभिन्यूज टेलिभिजनले विज्ञप्ति जारी गर्दै घटनाको लागि उच्चस्तरीय समिति गठन गरी तीन दिनभित्र दोषिलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।