
काठमाडौं, १६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार घटेको घटनामा संलग्न दोषिहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरेको हो । साथै, रास्वपाले आगामी चैत १८ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी पार्टीको केन्द्रीय समिति बैठक समेत बोलाएको छ ।








प्रतिक्रिया