२१ कार्तिक २०८३, शनिबार

राप्रपाले बोलायो बैठक

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज (शनिबार) दिउँसो ३ बजे बस्नेगरी बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए । समसामयिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न बैठक बोलाइएको उनले बताए ।

शुक्रबार राजावादीको हिंसात्मक आन्दोलन भएकोबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

राजावादीको हिंसात्मक आन्दोलनपछि पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा पक्राउ परेका छन् ।