२३ जेष्ठ २०८३, शनिबार

गृहमन्त्री लेखकद्वारा नेकपा एसको कार्यालय निरीक्षण

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । गृहमन्त्री रमेश लेखकले शुक्रबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा भएको तोडफोड एवं क्षतिको निरीक्षण गरेका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले क्षतिबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए । त्यस अवसरमा उनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आजै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत नेताहरूले समाजवादी पार्टीको कार्यालयमा भएको क्षतिबारे जानकारी लिएका थिए ।