
काठमाडौं, १६ चैत । समाजवादी मोर्चा नेपालका नेताहरुले नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा निरीक्षण गरेका छन् ।
विभिन्न धार्मिक संघसंस्था तथा राजवादी समर्थकको समूहले शुक्रबार पार्टी कार्यालयमा तोडफोड गरेकाले त्यसको क्षतिबारे बुझ्न शीर्ष नेताहरु आलोकनगर पुगेका हुन् ।
निरीक्षणका क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलगायतका नेताहरूले घटनाक्रमको वस्तुस्थितिबारे जानकारी लिए ।
निरीक्षणका क्रममा भवनका अधिकांश सिसा फुटेका, फर्निचर तथा महत्वपूर्ण कागजात जलाइएको पाइएको छ । त्यस अवसरमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रतिगामी शक्तिले गरेको हिंसात्मक गतिविधिको सरकारले छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नुपर्ने बताए ।
गणतन्त्र, संविधान र व्यवस्था विरोधी समूहले भौतिक संरचना तोडफोड, आगजनी गरेको घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए ।








प्रतिक्रिया