
काठमाडौं, १६ चैत । तीनकुनेसहित विभिन्न क्षेत्रमा राजावादी समूहको आन्दोलनको नेतृत्व गरेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा पक्राउ परेका छन् । उनीहरूसँगै स्वागत नेपालसहित ४४ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले आगजनी, तोडफोड, ज्युँदै मान्छे जलाउने र लुटपाटमा संलग्नलाई प्रक्राउ गरेको जनाएको हो । लुटपाटमा संलग्न तथा विभिन्न सञ्चारमाध्यममा आक्रमण गर्नेहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै, शुक्रबार अराजक गतिविधिको नेतृत्व गरेका दुर्गा प्रसाईं फरार भएका छन् । उनलाई पक्राउ गर्न प्रहरी टोली खटाइएको छ ।
गृह मन्त्रालयले प्रसाईंलाई शुक्रबार भएको आगजनी, लुटपाट र अराजकताको घटनामा प्रमुख दोषी मानेको छ । साथै, सरकारले घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने बताएको छ ।
यसैगरी, राजावादी समूहको आन्दोलनका नेतृत्व गरेका नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्दमा राखेको छ ।








प्रतिक्रिया