९ असार २०८३, मंगलबार

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

बिहीबारकोे तुलनामा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।