
काठमाडौं, १५ चैत । एभरेष्ट बैंकले नयाँ वर्ष विसं २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ ।
नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने ‘परम्परागत खेलकुद’ विषयवस्तु राखेर तयार पारिएको २०८२ सालको क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले अनावरण गरे । कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो ।
बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।








प्रतिक्रिया