२९ जेष्ठ २०८३, शुक्रबार

बत्तीस क्याम्पसका स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित (नामावलीसहित)

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा क्याम्पसमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् ।

अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलद्वारा आज जारी विज्ञप्तिअनुसार त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार युवा तिमिल्सिना, माडव्य क्याम्पस पाल्पामा सौगात कोइराला, शिक्षा क्याम्पस बैतडीमा अकबर चन्द, सङ्खुवासभा बहुमखी क्याम्पसमा चेतन भण्डारी, तेज–निरला क्याम्पस मुस्ताङमा अञ्जु परियार, नवप्रभात क्याम्पस बैतडीमा सपना चन्द, मङ्गला शिक्षा क्याम्पस म्याग्दीमा एल्डिस पुन र सेती क्याम्पस बझाङमा दीपेन्द्र दौल्याल सभापतिमा निर्वाचित भएका हुन् ।

त्यसैगरी दर्छा क्याम्पस रामपुर पाल्पामा अनिशा कोइराला, मैनापोखर शारदा बहुमुखी क्याम्पस बर्दियामा सागर खत्री, लटिनाथ क्याम्पस दार्चुलामा रुकेशसिंह विष्ट, कृष्ण स्नातक क्याम्पस दार्चुलामा ओमकार पाल, नव प्रभात संयुक्त क्याम्पस कुलाउ पञ्चेश्वर बैतडीमा सपना चन्द, देवदह आदर्श बहुमुखी क्याम्पसमा अश्विन न्यौपाने, बूढीनन्दा क्याम्पस बाजुरामा भाष्कर शाही, हिमशिखर बहुमुखी क्याम्पस सुर्खेतमा मिना रावत, कुशादेवी क्याम्पस काभ्रेपलाञ्चोकमा मोनिका हुमागाईं, जनक क्याम्पस काभ्रेपलाञ्चोकमा सञ्जिव गिरी, सर्वमङ्गला क्याम्पस काभ्रेपलाञ्चोकमा श्रीकृष्ण भट्टराई, तेजगङ्गा क्याम्पस काभ्रेपलाञ्चोकमा सुजन सापकोटा, जनआदर्श बहुमुखी क्याम्पस चितवनमा अनुज न्यौपाने सर्वसम्मत सभापति पदमा निर्वाचित भएका विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी गुल्मीका दिगाम आदर्श बहुमुखी क्याम्पसमा उषा पाण्डे, सिन्धुपाल्चोकको सिन्धु भ्याली क्याम्पसमा  सन्दिपा चौलागाईं, धनकुटाको हिले क्याम्पसमा विशाल तितुङ,  बर्दिया बहुमुखी क्याम्पसमा दुर्गा खत्री, सिम्ता बहुमुखी क्याम्पस सुर्खेतमा रुद्र रावत, जाल्पादेवी क्याम्पस धनकुटामा चेतराज पौडेल, शारदा क्याम्पस सल्यानमा विश्व खड्का, सिन्धुपाल्चोकको ठोर्कपा क्याम्पसमा शर्मिला घर्ती उदबुद्ध कलेज पाल्पामा कृष्णा झापुर्लुक, मिर्मी बहुमुखी क्याम्पस स्याङ्जामा मुना न्यौपाने र धुलिखेल क्याम्पस काभ्रेपलाञ्चोकको सभापतिमा स्वागत चापागाईं निर्वाचित भएका प्रवक्ता पौडेलले बताए ।