११ असार २०८३, बिहिबार

मुगुमा अनेमसंघद्वारा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, २८ फागुन । अखिल नेपाल महिला (अनेम) संघ मुगु जिल्लाको आयोजनमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रम  गमगढी बजारमा सम्पन्न भएको छ ।

अनेमसंघ मुगुकी अध्यक्ष कविता गिरीको अध्यक्षता र अनेमसंघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालको प्रमुख आतिथ्यतामा मंगलबार र बुधवार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि हमालले महिला आन्दोलन र अनेमसंघको भूमिका विषयमा प्रशिक्षण दिएकी थिइन् । यस्तै, अनेमसंघ कर्णाली इन्चार्ज मीना सिं रखालले राजनीतिमा महिला सहभागिता, प्रदेश अध्यक्ष पदमा खड्काले संगठन निर्माण, परिचालन र व्यवस्थापन लगायत नेताहरू विभिन्न विषयमा प्रशिक्षण दिएका हुन् ।

महिलाको मुद्दाका विषयमा भएको कार्यक्रम अन्यन्त सफल भएको केन्द्रीय अध्यक्ष हमालले जानकारी दिएकी छिन् ।

कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटी पदाधिकारी तथा सदस्य साथै एउटा नगरपालिका र तीनवटा गाउँपालिकाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।