१८ असार २०८३, बिहिबार

महेन्द्र मोरङ क्याम्पसमा लागेको ताला प्रहरीले तोड्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २८ फागुन । मोरङको आदर्श बहुमुखी क्याम्पसमा लागेको तालमा प्रहरीले तोडेको छ ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको डा. शेखर कोइराला समूहले कोइराला पक्षका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा बुधबार दिउँसो निर्वाचन कार्यालयमा आगजनी गरी ताला लगाएको थियो ।

मंगलबार स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघबाट संस्थापन पक्षबाट प्रज्वल विष्ट र डाक्टर शेखर कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए ।

मंगलबार अबेर राति सार्वजनिक अन्तिम उम्मेदवारको सूचीमा कोइराला समूहका उम्मेदवार दाहालको नाम स्वतन्त्र उम्मेदवारको सूचीमा थियो ।

संगठनको उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा कोइराला समूहका विद्यार्थीले प्रदर्शन गर्दै तालाबन्दी गरेका थिए ।