
काठमाडौं, २८ फागुन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पत्रकारले समाजले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।
आज प्रेस चौतारी नेपाल प्रदेश प्रतिष्ठान समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सम्मेलन, अधिवेशन र महाधिवेशनमा पत्रकार देखिने अघिपछि हराउने कुरा अन्त्य हुनुपर्ने बताएका हुन् । पत्रकारले समाजको हरेक क्षेत्रमा प्रभाव पार्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । आन्दोलन सबै मिलेर गर्नुपर्ने बताउँदै उनले यो साझा अभियान भएको स्पष्ट पारे। ‘आन्दोलन सबै मिलेर गर्ने हो, यो साझा अभियान हो’, ढकालले भने ।
उनले सत्ता साझेदार राजनीतिक दल र त्यसका भातृ संगठनबीच स्वच्छ र मर्यादित प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन् । चुनावमा एक दुई सिट हार जित हुँदा केही फरक नपर्ने बताउँदै उनले निर्वाचन अनुशासित र मर्यादित हुनु पर्ने ढकालले स्पष्ट पारे । यस्ता विषयको सञ्चार क्षेत्रले उठान गरिदियो भने सकारात्मक प्रभाव पार्ने उनको धारणा छ ।
अहिलेको सकरकार संसद्को बनावटको हिसाबले बलियो सरकार भएको बताउँदै उनले यही बलियो सरकार भएको बेलामा नागरिकका हित अनुकूल कानुन बनाउनु पर्नेमा ढकालले जोड दिएका छन् । अध्यादेश आउने कुरा संविधानसम्मत नै भएको बताउँदै उनले यो सरकारले के के न गरेको हो भनेर हाउगुजी बनाउने बनाउने विषय नभएको स्पष्ट पारे । अध्यादेशमा केही कमी कमजोरी छन् भने त्यसमा छलफल गरे अघि बढाउन सकिने भन्दै उनले विषयलाई राम्रो बनाएर अनुकूल बनाउने भन्दा पनि सरकारको आलोचना गर्ने तिर समाज नजाओस् भन्ने कुरामा सञ्चार माध्यमले ध्यान दिनुपर्नेमा जोड दिए ।
अहिले समाजमा एक खालको अस्थिरता र अराजकता मच्चाउने व्यक्ति र शक्ति एक ठाउँमा उभिएका उनले बताएका छन् । समाज एउटा गतिमा अघि बढिसकेपछि फेरि पछाडि फर्कन सक्दैन भन्ने कुरा राजावादीलाई नबिर्सन उनले आग्रह गरे । ‘पूर्वराजा नागरिक भएर राजनीति गर्ने हो भने दल खोलेर राजनीतिमा आउन सक्नु हुन्छ, तर मुलुक फेरि प्रतिगमन तिर फर्कन्छ कि भन्ने लागेको छ भने त्यो सम्भव छैन’, उनले भने ।
यो कुरालाई पत्रकारहरूले अगुवाइ गरेर नागरिककाबीचमा पुर्याउनु पर्ने बताए । यसले समाजलाई ठिक कुरा बुझ्न सहयोग पुग्ने ढकालको धारणा छ । आँखा देखाउनको लागि यहाँहरूले सचेत अभियान चलाउन आवश्यक छ, मुलुकमा अस्थिरताको आँधीबेहरी चल्ने हो कि चट्याङ पर्ने हो कि भन्ने भ्रम चिर्न यसले सहयोग गर्दछ’, उनले भने ।
देश धेरै अगाडि बढेकोले राजतन्त्रको काखमा बसेर आनन्द लिन सकिन्छ कि भन्ने सपना नदेख्न उनले आग्रह गरे । मरिसकेको राजतन्त्रको काखमा बसेर खेल्ने कुरा अब सपना मात्र भएको उहाँले स्पष्ट भएको ढकालले स्पष्ट पारे ।
कार्यक्रममा ढकालले प्रेस चौतारी नेपाललाई सङ्ख्यामा मात्र होइन गुणस्तरमा मापन गर्नुपर्ने बताए । आफूले आफ्ना बारेमा होइन आफ्ना बारेमा अरूले गर्ने मूल्याङ्कन प्रेस चौतारीका सदस्यले विश्वास गर्नुपर्नेमा उनले जोड दिएका छन् ।








प्रतिक्रिया